Uncategorized

१ बर्षको राइडिङ्ग अनुभब हिरो एक्स्पल्स २०० ४ भी को


बाइक यस्तो होस् र यतिको आरामदायी होस् कि समय बितेको पत्तै नहोस। मेरो १ बर्षको अनुभव हिरो एक्स्पल्स २०० ४ भी मा यस्तै रह्यो। पहिलो कुरो बाइक कतिपय एडभेन्चर टुरर बाइकहरु भन्दा हलुका छ, यसको १५८ के जी को तौल र ८२५ एमएम को सिट हाइट ले गर्दा म जस्तो ५ फिट ३ इन्च जतिको व्यक्तिहरुको लागी नि ह्याण्डलिङ्ग गर्न अरु भन्दा सजिलो छ। बाइक २२० एमएम को ग्राउण्ड क्लियरेन्स र अगाडी पछाडी ठुलो साइजको टायर रिम ले गर्दा अफरोड गर्न सजिलो छ। अर्को तिर इन्जिन पनि स्मूथ छ पहिलो भर्जन भन्दा, साथै टप स्पीड धेरै नभएनी भाइब्रेसन इन्जिन र ह्यान्डल मा खासै महसुश हुन्न १००+ को स्पीडमा पनि।

Hero Xpulse 200 4V on Long Tour

ब्रेकिङ्गमा खासै इस्स्यु छैन तर शार्प ब्रेकिङ्ग छैन। अगाडी पछाडी २७६ एमएम र २२० एमएम को डिस्क ब्रेक र अगाडीमा ए बि एस भएको कारण ब्रेक एकदम कन्फ़िडेन्ट साथ् लाउन सकिन्छ तर अझै ब्रेकिङ्ग शार्प नभएको महसुश हुन्छ। फ्रन्ट को लेफ्ट साइड प्यानलमा रेडीएटर लाइ एक्स्ट्रा प्रोटेक्सन नदिएको कारण कतै बाइक लड्यो भने रेडीएटर भचिएला कि भन्ने डर भै रहन्छ। हिटिंग इस्स्यु यो बाइकमा छैन र माइलेज पनि ३५+ को सहजै एक्सपेक्ट गर्न सकिन्छ। बिस्तृत रिभिउ हाम्रो युटुब च्यानल मा हेर्नुहोला।

One year ownership review of Xpulse 200 4v

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!